दफा २५
अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्ने
: (१) नेपाल सरकारले कुनै प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिको शारीरिक क्षमता, तालिम, योग्यता र अनुभवका आधारमा उपयुक्त हुने काम उपलब्ध भएसम्म कुनै खास सङ्ख्यामा अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्ने गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएका प्रतिष्ठानले अपाङ्गता भएका व्यक्तिलाई तोकिएको प्राथमिकताको आधारमा नियुक्ति गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएका प्रतिष्ठानले अपाङ्गता भएका व्यक्तिलाई तोकिएको प्राथमिकताको आधारमा नियुक्ति गर्नु पर्नेछ ।